विद्या भण्डारीलाई ओलीको सन्देश : राष्ट्रिय सम्मान लिएर बस्नू


१० भाद्र २०८० आईतवार १२:३९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकपछि अर्को निर्णय र अभिव्यक्ति मार्फत निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा नफर्कन सन्देश दिइरहेका छन् ।

फागुन २०७९ मा शीतलनिवासबाट बिदा भएकी भण्डारीले राजनीतिमा आउन सक्ने संकेतहरु दिइरहेकी छन् । त्यसलाई मलजल गर्दै एमाले नेताहरुले भण्डारीलाई पार्टीको भावी अध्यक्ष बनाउनुपर्ने भन्दै लबिइङ गर्न थालेपछि ओलीले चर्को आक्रोश पोखेका छन् ।

Advertisement

एक पदाधिकारीका अनुसार, २९ साउनमा केन्द्रीय मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकमा विद्या भण्डारीको संभावित राजनीतिलाई लिएर ओली आक्रोशित नै बनेका थिए ।

‘त्यो विषय बैठकको एजेण्डा थिएन, अध्यक्षले आफैं कुरा उठाउनुभयो र कुरा राख्नुभयो’, ती पदाधिकारी भन्छन् ।

विद्या भण्डारी एमालेको नेतृत्वमा पुग्दा नेपाली राजनीतिमा ऐतिहासिक उपलब्धि हुने र पार्टी पंक्ति एकताबद्ध बन्ने निष्कर्ष स
उनका अनुसार, राष्ट्रपति भइसकेकी भण्डारीले राजनीतिमा आउने रहरै गर्न नहुने ओलीले बताएका थिए । ‘राष्ट्रपति भइसकेको व्यक्ति राष्ट्रिय सम्मानमा बस्नुपर्छ । फेरि राजनीतिमा आउनु राम्रो होइन । कसैले पनि त्यस्तो चाहना राख्नुहुन्न’, ओलीको भनाइ थियो ।

प्रतिक्रिया दिनूहोस्

थप समाचार

कम्पनी

……… मिडिया प्रालि, अनामनगर, काठमाडौं
सूचना विभाग दर्ता नं. 1111-1111/56
प्रेस काउन्सिल सूचीकरण नं. ……-……./34

अध्यक्ष

सम्पादक

सम्पर्क

इमेल: mail@gmail.com
फोन: +977-98xxxxxxxx
विज्ञापनका लागि:
इमेल: mail@gmail.com
 फोन: +977-98xxxxxxxx