नेप्सेमा २०.५४ अंकको गिरावट, कारोबार रकम पनि खुम्चियो


१० भाद्र २०८० आईतवार ११:२४

सेयर बजारमा लगातार दोस्रो कारोबार दिन पनि गिरावट भएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से २०.५४ अंकले गिरावट हुँदा १९९३.३८ को विन्दुमा बन्द भएको छ । गत बिहीबार भन्दा १.०२ प्रतिशतले गिरावट भएको हो ।

गत साताको सोमबार २ महिनापछि २ हजारको विन्दुबाट तल झरेको नेप्से मंगलबार र बुधबार लगातार दुई कारोबार दिन बढेपनि बिहीबार पुनः घटेको थियो । आइतबार पनि लगातार घटेको नेप्से पुनः २ हजारको विन्दुबाट तल झरेको हो । आइतबार म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट भएको छ ।

Advertisement

हाइड्रोपावर उपसूचकमा सर्वाधिक १.७६ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन उपसूचक १.३६ प्रतिशतले गिरावट भएको हो । आइतबार अन्य निर्जीवन बीमा, लघुवित्त र वित्त कम्पनी उपसूचकमा पनि १ प्रतिशत भन्दा माथिको कारोबार भएको छ ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गत साताको बुधबार र बिहीबार लगातार २ कारोबार दिन डेढ अर्ब नाघेकोमा आइतबार सवा १ अर्बमा कारोबार सीमित भएको छ । आइतबार नेप्सेमा ३८ हजार ६६६ वटा कारोबारमा ३८ लाख ९५ हजार २३६ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब २६ करोड २८ लाखको कारोबार भएको छ ।

प्रतिक्रिया दिनूहोस्

थप समाचार

कम्पनी

……… मिडिया प्रालि, अनामनगर, काठमाडौं
सूचना विभाग दर्ता नं. 1111-1111/56
प्रेस काउन्सिल सूचीकरण नं. ……-……./34

अध्यक्ष

सम्पादक

सम्पर्क

इमेल: mail@gmail.com
फोन: +977-98xxxxxxxx
विज्ञापनका लागि:
इमेल: mail@gmail.com
 फोन: +977-98xxxxxxxx