एकीकृत समाजवादीको बैठक : माधव नेपालको क्षमता र कार्यशैलीमा प्रश्न


१० भाद्र २०८० आईतवार ११:१८

पार्टी गठनको दोस्रो वर्षगाँठको पूर्वसन्ध्यामा बसेको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा आशाभन्दा निराशाले बढी स्थान पायो ।

मंगलबार बैठकको सुरुवातमै पार्टी अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालले राखेका धारणाले सिंगो बैठकलाई तीन दिनसम्म डोर्‍यायो । अब यो क्रम कम्तीमा केन्द्रीय कमिटी बैठकले तय गरेको आगामी १४ माघमा सुरु हुने पार्टीको महाधिवेशनसम्म पुग्ने निश्चित छ ।

Advertisement

किनभने, अधिकांश केन्द्रीय सदस्य मात्रै होइन, पार्टीका पदाधिकारीदेखि सम्मानित नेता खनालसम्म बैठकको निष्कर्षसँग सन्तुष्ट छैनन् ।

‘बैठक बस्यो, छलफल भयो । तर नयाँ केही पनि भएन, पहिलेजस्तै घिसिपिटी भएर सकियो’, नेता खनालको प्रतिक्रिया छ । खनाल यसले दिने परिणाम पनि भिन्न हुन्छ भन्नेमा आशावादी छैनन् ।

सुरुदेखि नै अध्यक्ष नेपाल र नेता खनालबीच पार्टी सञ्चालन र अन्य राजनीतिक दलसँग गठबन्धन निर्माणका विषयमा निरन्तर मतभिन्नता रहँदै आएको छ । यसको प्रभाव पार्टीका आन्तरिक जिम्मेवारीमा पनि देखिइरहेको छ ।

तर लामो समयदेखि देखिएको पार्टीभित्रका निराशालाई यो बैठकले पूर्ण रूपमा चिर्न नसके पनि महाधिवेशनसम्मका लागि अल्मल्याउने प्रयत्न भने अवश्य गरेको छ । बैठकमा नेतृत्वप्रति केही प्रश्न उठे पनि पार्टी निर्माणको लक्ष्यमा भने सबैको एकमत देखिएको र त्यो उत्साहलाई सम्बोधन गर्न सकिने पार्टी महासचिव घनश्याम भूसालले बताए ।

प्रतिक्रिया दिनूहोस्

थप समाचार

कम्पनी

……… मिडिया प्रालि, अनामनगर, काठमाडौं
सूचना विभाग दर्ता नं. 1111-1111/56
प्रेस काउन्सिल सूचीकरण नं. ……-……./34

अध्यक्ष

सम्पादक

सम्पर्क

इमेल: mail@gmail.com
फोन: +977-98xxxxxxxx
विज्ञापनका लागि:
इमेल: mail@gmail.com
 फोन: +977-98xxxxxxxx